Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

नेपाल लाइफकाे नयाँ बोनस दर सार्वजनिक, कुन याेजनामा कति बाेनस ?

नेपाल लाइफकाे नयाँ बोनस दर सार्वजनिक, कुन याेजनामा कति बाेनस ?


  • 4.2K
    Shares

    नेपाल लाइफकाे नयाँ बोनस दर सार्वजनिक, कुन याेजनामा कति बाेनस ?
    images

    नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर कायम गरेकाे छ । कम्पनीले बीमा समितिबाट माघ १३ गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूकाे आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको हाे ।

    कम्पनीले सावधिक बीमा याेजनामा प्रति हजार न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस कायम गरेकाे छ । यस्तै, कम्पनीकाे सावधिक तथा आजीवन बीमा योजनामा पनि प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउनेछन् ।

    त्यसैगरी, अग्रिम भुक्तानी बीमा योजनामा प्रति हजार न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ५८ रूपैयाँसम्म बाेनस पाइनेछ । कम्पनीकाे अग्रिम भुक्तानी सावधिक बीमा याेजनामा प्रति हजार ६० रूपैयाँ बोनस प्राप्त गर्न सकिनेछ ।

    नेपाल लाइफले सार्वजनिक गरेको नयाँ बोनस दर यस प्रकारकाे छ :

    61f61bd419c18.jpg

    प्रकाशित मिति :माघ १६ २०७८ आइतवार - ११:१२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij