Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौंमा सडक दुर्घटना: स्कुटरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंमा सडक दुर्घटना: स्कुटरको ठक्करबाट एक जनाको मृत्यु


  • 2.4K
    Shares

    काठमाडौंमा सडक दुर्घटना: स्कुटरको ठक्करबाट एक जनाको मृत्यु
    images

    काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९, शिवपुर चोकमा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ।

    भारतको बिहार घर भई हाल गोकर्णेश्वर नगरपालिका-९, अत्तरखेल वस्ने ३८ वर्षीय वीरेन्द्र महतोको मृत्यु भएको हो। बा६५प ५३५२ नम्बरको स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका महतोको उपचारका क्रममा अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ।

    हिजो बेलुका करिब सवा ७ बजे भएको दुर्घटनामा संलग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रकाशित मिति :माघ १६ २०७८ आइतवार - १०:३५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij