Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप लगाइने

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप लगाइने


  • 4.3K
    Shares

    आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप लगाइने
    images

    काठमाडौँ । देशभरका विद्यालयमा आजदेखि पाँच दिनसम्म कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

    भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि विद्यार्थीलाई खोप लगाउने प्रयोजनका लागि खुलेका हुन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई १५ माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न भनेको थियो । सोही अनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन् ।

    काठमाडौं महानगरपालिकाले विद्यालय खोप अभियान सञ्चालन भइरहेकाले खोप लगाउन छुटेका विद्यार्थीको विवरण अद्यावधि गरेर विद्यालय वा नजिकैको खोप केन्द्रमा खोप लगाउन निर्देशन दिएको छ । त्यसका लागि महानगरका वडामा रहेका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकसँग समन्वय गर्न विद्यालयलाई भनिएको छ ।

    १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै आइएको छ ।

    यसअघि २७ पुसदेखि १५ माघसम्म सबै विद्यालय बन्दको निर्णय भएकामा लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ । खोप लगाएको सुनिश्चित गरेपछि परीक्षा सञ्चालन गर्ने सरकारको तयारी छ।

     

    प्रकाशित मिति :माघ १५ २०७८ शनिवार - १२:२७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij