Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

चीनमा फेरि लकडाउन

चीनमा फेरि लकडाउन


  • 2.7K
    Shares

    चीनमा फेरि लकडाउन
    images

    बेइजिङ । चीनमा बेइजिङनजिकैको क्षेत्रमा लकडाउन गरिएको छ ।

    कोभिड संक्रमित देखिएपछि यसै साता चीनको राजधानीबाट १०० किलोमिटर दक्षिण पश्चिममा रहेको सियोंगान न्यु एरियामा अधिकारीहरुले लकडाउन घोषणा गरेका हुन् ।

    करिव १२ लाख जनसंख्या भएको सो क्षेत्र चीनको नयाँ आर्थिक क्षेत्र हो । त्यहाँका वासिन्दालाई घरबाहिर निस्कन वा त्यस क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको स्थानीय भाइरस रोकथाम कर्मचारीले एएफपीलाई बताए ।

    चीनमा हालसालै गरिएका लकडाउनलाई सार्वजनिक रुपमा घोषणा र सरकारी सञ्चार माध्यमले वृहत् रिपोर्ट गरेपनि सियोंगानको प्रतिबन्ध विना सूचना लगाइएको र त्यसले त्यहाँका केही वासिन्दामा दुविधा सृजना गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । 
     

    प्रकाशित मिति :माघ १४ २०७८ शुक्रवार - १६:३७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij