Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौँ उपत्यकामा थप २ हजार ९ सय ४० जनामा कोरोना संक्रमण

काठमाडौँ उपत्यकामा थप २ हजार ९ सय ४० जनामा कोरोना संक्रमण


  • 2.6K
    Shares

    काठमाडौँ उपत्यकामा थप २ हजार ९ सय ४० जनामा कोरोना संक्रमण
    images

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा शुक्रबार थप २ हजार ९ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    काठमाडौँमा २ हजार १५३, भक्तपुरमा २६८ तथा ललितपुरमा ५१९ जना संक्रमित थपिएका हुन्। यस्तै देशभर पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    गत २४ घण्टाको अवधिमा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६९७ पुगेको छ।

    यस्तै शुक्रबार ५ हजार ४ सय ३२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन्।

    गत चौबीस घन्टामा १३ हजार ७९१ पीसीआर तथा ६ हजार ७८ एन्टिजेन परीक्षण भएको छ।

    प्रकाशित मिति :माघ १४ २०७८ शुक्रवार - १६:३१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij