२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । जनकपुरबाट एक किशोरीलाई काठमाडौ बोलाएर अनैतिक काम गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौमा म्युजिक भिडियोमा अभिनय गराउँछु भन्दै जनकपुरबाट किशोरीलाई बोलाएका उनले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।
सर्लाहीको चन्द्रपुर नगरपालिका–४ घर भइ काठमाडौं बस्दै आएका रविराज साहलाई प्रहरीले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो । जडिबुटीबाट साहाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दक्ष कुमार बस्नेतले बताए । यसअघि उनले म्युजिक भिडियो बनाउँदै आएका रहेछन् ।
जडिबुटीमा बस्दै आएका शाहले जनकपुरकी एक किशोरीलाई म्युजिक भिडियोमा अभिनय गर्न दिने वहानामा कोठामा बोलाएका थिए ।
जनकपुर बस्ने एक किशोरीलाई उनले ‘म्यूजिक भिडीयोको सुटिङ छ’ भनेर काठमाडौं बोलाए । तर, भिडियोमा खेल्न दिनुअघि रविराजले जडिबुटीस्थित कोठामा लगेर अनैतिक कार्य गर्न खोजेको किशोरीले प्रहरी समक्ष बताएकी छिन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij