Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

खेलकुद मन्त्री अथकद्धारा निर्माणाधिन गौतमबुद्ध रंगशालाको निरिक्षण

खेलकुद मन्त्री अथकद्धारा निर्माणाधिन गौतमबुद्ध रंगशालाको निरिक्षण


  • 3.3K
    Shares

    खेलकुद मन्त्री अथकद्धारा निर्माणाधिन गौतमबुद्ध रंगशालाको निरिक्षण
    images

    काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्नुभएको छ । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको मन्त्रालयको टिमले रंगशालाको स्थलगत निरिक्षण गरेको हो । 

    निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धमा भरतपुर महानगरपालिकाद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएका मन्त्री अथकले रंगशालाको निरिक्षण तथा अवलोकन गर्नुभएको हो । 

    रंगशाला निरिक्षण पछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभएको छ । उक्त रंगशालालाई गौरबको आयोजनामा समेटी यहि आर्थिक वर्षबाट काम सुरु हुनेगरी तयारी थाल्न मन्त्री अथकले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ ।

    नेपालकै गौरवको आयोजनाका रुपमा रहेको उक्त परियोजना अलपत्र हुने अवस्था सृजना हुनु दुखद भएको उल्लेख गर्दै मन्त्री अथकले भरतपुर महानगरपालिका, प्रदेश र केन्द्र सरकारको सहकार्यमै रंगशाला निर्माण कार्य सम्पन्न गरीने बताउनुभयो । मन्त्री अथकले लगानीको स्रोत पहिचान गरेर रंगशाला निर्माणका बाँकी काम पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

    रंगशाला निर्माणका क्रममा अहिलेसम्म भएको सम्पूर्ण खर्च बिबरण यथाशिघ्र सार्बजनिक गर्न मन्त्री अथकले धुर्मुश–सुन्तली फाउण्डेशनलाई आग्रह समेत गर्नुभएको छ । 
    रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेशनले परियोजनाबाट हात झिकेपछि उक्त परियोजना निर्माणको जिम्मा भरतपुर महानगरपालिकाले लिएको छ ।

    अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, धुर्मुुश–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल लगाएतको सहभागीता रहेको थियो । 

    प्रकाशित मिति :माघ १४ २०७८ शुक्रवार - ११:०८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij