Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

जाल्पा लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्दै

जाल्पा लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्दै


  • 3.5K
    Shares

    जाल्पा लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्दै
    images

    जाल्पा लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

    लघुवित्तले यहीँ माघ २१ गतेदेखि माग २५ गतेसम्म कुल ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने भएको हो । 

    जसमध्ये लघुवित्तले ८ हजार कित्ता सेयर संस्थाकै कर्मचारीहरुका लागि छुट्याएको छ भने २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका भने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइने लघुवित्तले जनाएको छ ।
     
    माघ २५ गतेसम्म आवेदन दिन सकिने यस लघुवित्तको आईपीओमा तोकिएको समयसम्ममा प्रयाप्त आवेदन नपरेमा फागुन ६ गतेसम्म आवेदन खुल्ल गरिने कम्पनीले बताएको छ ।

    एक सय रुपैयाँ अंकित लघुवित्तको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

    प्रकाशित मिति :माघ १४ २०७८ शुक्रवार - ११:०८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij