२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । २३ लाख ४० हजार मात्रा मोडर्ना खोप माघ १६ गते (जनवरी ३०) र माघ १८ गते (फेब्रुअरी १) मा आउने भएको छ। गत मंगलबार नै आउनुपर्ने उक्त मोडर्ना खोप रोकिएको थियो।
सरकारले कोभ्याक्स सुविधामार्फत विश्व बैंकको सहयोगमा खरिद गरेको कोरोना विरुद्धको मोडर्नाको ४० लाख मात्रामध्ये १६ लाख ६० हजार मात्रा यसअघि नै आइसकेको छ।
माघ १५ देखि २० गतेसम्म सरकारले यो खोप पनि १२-१७ वर्ष उमेर समूहकालाई पहिलो र दोस्रो मात्रास्वरुप लगाउने तयारी गरिरहेको छ।
हाल सरकारले १२-१७ वर्ष उमेर समूहकालाई फाइजर खोप पनि दिँदै आएको छ।
अब भने सो खोप ५-११ वर्ष उमेर समूहलाई दिने गरी योजना बन्दै गएको भन्दै १२-१७ वर्ष उमेर समूहका लागि मोडर्ना खोप प्राथमिकतामा राखिएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij