Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हटाउने निर्णय

दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हटाउने निर्णय


  • 3.7K
    Shares

    दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हटाउने निर्णय
    images

    काठमाडौँ। दिल्ली विपद् प्रबन्ध प्राधिकरण (डीडीएमए)ले दिल्ली क्षेत्रमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्थालगायत केही प्रतिबन्धमाथि समीक्षा गर्दै हटाउने निर्णय गरेको छ ।

    डीडीएमएले राजधानी दिल्लीका रेष्टुरेण्ट र बार, सिनेमा घरमा समेत ५० प्रतिशत ग्राहक, दर्शक राखेर सञ्चालन गर्न सक्ने जनाएको छ ।

    विद्यालय खुलाउने विषयमा भने आगामी बैठकमा निर्णय हुने डीडीएमए स्रोतलाई उदृत गर्दै भारतका समाचार संस्थाहरूले समाचार लेखेका छन् । साथै, दिल्लीमा अझै केही दिन रात्रिकालीन कर्फ्यू जारी रहने पनि बैठकले निर्णय गरेको छ ।

    यस्तै, विवाह समारोहमा अब दुई सय जनासम्म सहभागी हुन सक्ने पनि निर्णय भएको छ । यसअघि डीडीएमएले विवाह समारोहमा जम्मा ५० जनामा मात्रै सहभागी हुन पाउने निर्णय गरेको थियो ।

    दिल्लीमा कोभिड संक्रमणदर १० प्रतिशतभन्दा कममा झरेसँगै डीडीएमएले यस्तो निर्णय गरेको हो ।

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १६:५३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij