२०८२ भाद्र ३ गते मंगलवार
वाणिज्य बैंकहरुको वार्षिक प्रतिसेयर आम्दानी घटेको छ । बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा औसत वार्षिक प्रतिसेयर आम्दानी करिब २ रुपैयाँ घटेको छ । बैंकहरुको नाफा निरन्तर बढे पनि प्रतिसेयर आम्दानी घटेको छ । मुख्यत: बैंकहरुले पछिल्ला वर्ष लाभांशका रुपमा सेयर बोनस दिएपछि सेयर संख्या बढ्न जाँदा प्रतिसेयर आम्दानी खुम्चिएको हो ।
पुस मसान्तसम्म २७ बैंकले कुल ३४ अर्ब २१ करोड खुद नाफा कमाएका छन् । गत वर्षको पुस मसान्तसम्म ३१ अर्ब ७ करोड कमाएका थिए । १० प्रतिशत नाफा बढे पनि वार्षिक प्रतिसेयर आम्दानी भने घटेको छ । सेयरमा लगानी गर्नेहरुका लागि प्रतिसेयर आम्दानी महत्वपूर्ण सूचक हो । खुद नाफा र जारी गरिएको साधारण सेयरको अनुपात नै प्रतिसेयर आम्दानी हो तसर्थ नाफा धेरै हुँदैमा प्रतिसेयर आम्दानी बढी नहुन सक्छ । प्रतिसेयर आम्दानीले संभावित लाभांश अनुमान गर्न लगानीकर्तालाई सघाउ पुग्छ ।
गत वर्षको पुस मसान्तसम्म २७ बैंकको औसत प्रतिसेयर आम्दानी २० रुपैयाँ ८ पैसा रहेकोमा यो पुस मसान्तमा १८ रुपैयाँ ८३ पैसामा झरेको छ । २७ बैंकको कुल प्रतिसेयर आम्दानी ५०८ मा झरेको छ, गत वर्ष ५४२ रुपैयाँ १६ पैसा थियो ।
सार्वजनिक गरिएको प्रतिसेयर आम्दानीमा एनआईसी एसिया बैंक सबैभन्दा अगाडि छ । उसको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४३ पैसा छ । कतिपय बैंकले गत आर्थिक वर्ष घोषणा गरेको बोनस सेयर समायोजन गरेकाले प्रतिसेयर आम्दानी कम देखिएको हो भने कतिपयको समायोजन हुन सकेको छैन । हिमालयन बैंकको सबैभन्दा कम ११ रुपैयाा ४७ पैसा छ ।
पुस मसान्तसम्मको आम्दानीअनुसार बैंकहरूको वार्षिक प्रतिसेयर आम्दानी
बैंक |
आधारभुतप्रतिसेयर आम्दानीरुपैयाँमा |
एनआईसीएसिया |
४१.४३ |
राष्ट्रियवाणिज्य |
३२.१५ |
सिद्धार्थ |
२५.१२ |
नबिल |
२३.५९ |
ग्लोबलआईएमई |
२२.३९ |
प्रभु |
१९.८६ |
माछापुच्छ्रे |
१९.७१ |
नेपाल |
१९.६७ |
कृषिविकास |
१९.१० |
सानिमा |
१८.९७ |
एनएमबी |
१८.६४ |
प्राइम |
१७.९९ |
एभरेष्ट |
१७.८० |
इन्भेष्टमेन्ट |
१७.७४ |
सिटिजन्स |
१७.४५ |
मेगा |
१७.३२ |
स्टान्डर्ड |
१६.९८ |
एसबीआई |
१६.४९ |
एनसीसी |
१६.१७ |
बंगलादेश |
१६.०९ |
सेन्चुरी |
१५.१२ |
सनराइज |
१४.७४ |
लक्ष्मी |
१४.१५ |
बीओके |
१३.५४ |
कुमारी |
१२.९४ |
सिभिल |
११.६६ |
हिमालयन |
११.४७ |
कुल |
५०८.२८ |
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij