Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम भने घट्यो

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम भने घट्यो


  • 3.5K
    Shares

    नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम भने घट्यो
    images

    साताको अन्तिम कारोबार दिन (बिहीबार) शेयर बजारमा सामान्य अंकको वृद्धि देखिएको छ । कारोबारको पहिलो दिन आइतबारदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.३३ अंकले बढेर २७७९.९८ विन्दुमा पुगेको छ । नेप्से ०.१२ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.३८ अंकले बढेर ५१८.७२ विन्दुमा पुगेको छ । 

    कारोबारमा आएका कूल २२४ वटा कम्पनीको ६६ लाख ७५ हजार २ सय ३१ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४ रूपैयाँ ३ पैसा बराबरको कारोबार भएको छ ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको शेयर घटेको छ। बिहीबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २० करोड २ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । 

    बिहीबार २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ३ सय ३८ रूपैयाँ २० पैसा पुगेको छ । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ९ रूपैयाँ ५० पैसा पुगेको छ । 

    आज सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । बैंकको ेशयरमूल्य ४.१४ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ४५ रूपैयाँ १० पैसामा झरेको छ ।

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १५:४२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij