Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

डाक्टर साहमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारी चिकित्सक संघको माग (विज्ञप्तिसहित)

डाक्टर साहमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारी चिकित्सक संघको माग (विज्ञप्तिसहित)


  • 3.0K
    Shares

    डाक्टर साहमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारी चिकित्सक संघको माग (विज्ञप्तिसहित)
    images

    काठमाडौं। सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहलाई आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ।

    अस्पतालको गाडीमा सवार रहेका साहमाथि बुधबार जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए। 

    गाडी रोकेर जनमत पार्टीका कार्यकर्ताले झ्यालका सीसा फुटाई डाक्टर साहको टाउको र अनुहारमा प्रहार गरेको घटनाप्रति चिकित्सक संघले विरोध गरेको हो।

    ‘चिकित्सकलाई गाडीको झ्यालको सिसा फुटाएर ज्यान जान सक्ने गरी टाउको र अनुहारमा निर्मम घाउ चोट बनाउने कुकृत्यले हाम्रो समाजमा राजनीतिका नाममा व्याप्त रहेका असामाजिक तत्त्वहरूलाई नङ्ग्याएको छ,’ संघका अध्यक्ष डा रविन खड्का र महासचिव डा कितिपाल सुवेदीले आज निकालेको विज्ञप्तिमा भनिएको छ। संघले आफूहरूका माग पूरा नभए विरोधका थप कार्यक्रम ल्याउने सरकारलाई चेतावनी दिएको छ ।

    हेर्नुहोस् विज्ञप्ति 

    024432734doctors association nepal.jpg

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १४:२१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij