२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरुका लागि कोरोना परीक्षण गर्न विमानस्थलमा आफैंले प्रयोगशाला सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले प्राइम टेलिभिजनसँगको कुराकानीमा उक्त जानकारी दिनुभयो ।
उहाँका अनुसार अब १२- १५ दिनमै सरकारी तवरबाट प्रयोगशाला सञ्चालन हुनेछ र उक्त प्रयोगशालामा पीसीआरपरीक्षण शुल्क ५०० रुपैयाँ हुनेछ । उहाँले वैदेशिक रोजगारीमा जानेहरुका लागि मात्रै पीसीआर शुल्क ५०० हुने बताउदै घुम्न जानेहरुका लागि उक्त शुल्क मान्य नहुने स्पष्ट पार्नुभयो ।
उहाँले सुरुमा ५ सय रुपैंया लिने अवस्था सामान्य बन्दै जाँदा निशुल्क पनि गर्न सकिने जानकारी दिनुभयो ।
सरकारले केही दिन अगाडि मात्रै पीसीआरशुल्क घटाएको छ । हाल सरकारीमा ८ सय र निजीमा १५ सय रुपैंयामा पीसीआरपरीक्षण भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij