Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने सरकारको तयारी

भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने सरकारको तयारी


  • 3.2K
    Shares

    भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने सरकारको तयारी
    images

    काठमाडौं । सरकारले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउन समिति गठन गरेको छ । गृह मन्त्रालयका सह–सचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा गठन भएको समितिले १५ दिनमा अध्ययन प्रतिवदेन बुझाउनुपर्ने छ ।

    पछिल्लो समय भिजिट भिसा प्रयोग गरी दुबईलगायत मुलुकमा पुगेर अलपत्र पर्नेको संख्या बढेसँगै भिजिट भिसाको मापदण्ड बनाउन लागिएको हो ।

    वास्तविक स्थितिको विश्लेषण र त्यसबाट सिर्जित समस्याका विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेश गर्न गठित समितिलाई मापदण्ड बनाउने जिम्मा दिइएको छ ।

    समितिलाई भिजिट भिसा उपलब्ध गराउन चाहिने मापदण्ड बनाउने सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन सहजीकरण, अध्यागमन प्रणालीमा सुधार, अन्तर्राष्ट्रिय उडान तालिकामा सुधार, ट्रान्जिट यात्रुको व्यवस्थापन, श्रमिक विदेशमा रहँदा भोगेका समस्या समाधानलगायत विषयमा सुझावसहितको प्रतिवेदन पेश गर्न क्षेत्राधिकार तोकिएको गृह मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १२:१८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij