Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

नागरिक लगानी कोषसहित २ कम्पनीको सेयर लिलाममा, कुनको मूल्य कति ?

नागरिक लगानी कोषसहित २ कम्पनीको सेयर लिलाममा, कुनको मूल्य कति ?


  • 3.8K
    Shares

    नागरिक लगानी कोषसहित २ कम्पनीको सेयर लिलाममा, कुनको मूल्य कति ?
    images

    एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको २ वटा कम्पनीको संस्थापक समूहको सेयर आज (माघ १३ गते, बिहिबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको छ । 

    बैंकले आरएमडिसी लघुवित्त र नागरिक लगानी कोषको गरि कुल ६ लाख ३१ हजार ९  सय ६७ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । जसमध्य आरएमडिसी लघुवित्तको ३ लाख  ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ३१ हजार ९ सय २ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । 

    बैंकले नागरिक लगानी कोषको सेयरको न्युनतम मूल्य ११ सय ८३ रुपैयाँ र आरएमडिसी लघुवित्तको सेयरको न्युनतम मूल्य ४९४ कायम गरेको छ आवेदकले सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । 

    हाल कायम संस्थापक वा जो कोहि व्यक्ति , संघ संस्था कम्पनीले उक्त सेयरमा आवेदन दिन सक्ने छन् । नागरिक लगानी कोषको सेयरमा भने बैंक वित्तीय संस्था र बीमाले मात्र आवेदन दिन सक्ने छन् ।

    त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - ११:५८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij