Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यनतम मूल्य कति ?

सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यनतम मूल्य कति ?


  • 4.7K
    Shares

    सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यनतम मूल्य कति ?

    सिटिजन्स बैंक लिमिटेडले ३० हजार कित्ता संस्थापक समूहकाे सेयरहरू बिक्री गर्ने भएकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य एक सय ४३ रूपैयाँ ताेकिएकाे छ । 

    बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, नारायणहिटी पथ, काठमाडाैँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

    त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएकाे छ । 

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - ११:४९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij