Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

गोरखामा एक पुरुषको शव भेटियो

गोरखामा एक पुरुषको शव भेटियो


  • 3.5K
    Shares

    गोरखामा एक पुरुषको शव भेटियो
    images

    गोरखा। गोरखाको नारेश्वरमा १ जना मृत्त पुरुषको शव फेला परेको छ । गोरखा नगरपालिका ३ नारेश्वरका ५२ बर्षिय रामबहादुर खड्का मृतावस्थामा बुधबार भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    मृत्तक खड्को शव आफ्नो घरदेखी ३ किलोमिटर पूर्व तर्फ रहेको कच्ची सडकमा स्थानियले देखेपछी प्रहरीले खबर गरेका थिए । शहिद लखन गाउँपालिका ५ नामजुङ स्थायी घर भएका खड्का ससुराली गाउँमा घर बनाएर बस्दै आएका थिए ।

    घटना लगत्तै कोखे आहाले र जिल्ला प्रहरी कार्यालय गोरखाको संयुत्त टोली घटना स्थल पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए । ।

    खड्को शव अहिले गोरखा अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । प्रहरीका प्रारम्भीक अनुसन्धानमा खड्का दिर्घ रोगी भएको लडेर ज्यान गएको हुन सक्ने अनुमान गरिएको भएता पनि मृत्युको कारण विस्तृत अनुसन्धान पछि मात्र भन्न सकिने गोरखा प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - ११:०६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij