Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

विवाहमा नाचेपछि बेहुलीको गालामा बेहुलाको थप्पड, रिसको झोंकमा गरे भाइसँग विवाह

विवाहमा नाचेपछि बेहुलीको गालामा बेहुलाको थप्पड, रिसको झोंकमा गरे भाइसँग विवाह


  • 2.9K
    Shares

    विवाहमा नाचेपछि बेहुलीको गालामा बेहुलाको थप्पड, रिसको झोंकमा  गरे भाइसँग विवाह
    images

    तमिल नाडु । तमिल नाडुमा एउटा विवाह कार्यक्रममा बेहुलाले थप्पड हानेपछि बेहुलीले विवाह रद्द गरेकी छिन् । थप्पड खाएको झोंकमा आफ्नै दुलाहकै काकाको छोरासँग विवाह गरेकी छिन् । द टाइम्स अफ इन्डियाका अनुसार पानरुतीबाट पोस्टग्रयाजुयट गरेकी बेहुली र चेन्नइ फर्मका वरिष्ठ इन्जिनियरले यही २० जनवरीमा विवाह गर्ने योजना गरेका थिए । तर, विवाहको एक दिनअघि आयोजित कार्यक्रममा बबाल मच्चिएको थियो ।

    सो दिन जोडी र उनीहरुका परिवार कार्यक्रममा सहभागी भएका थिए । नाँचगानसहितको कार्यक्रममा डीजे र डान्स फ्लोरको पनि व्यवस्था थियो । बेहुलाको भाइ नआउने बेलासम्म बेहुला बेहुली सँगै नाँचेका थिए । उनीहरु नाँचिरहेका बेला अचानक बेहुलाका भतिजा पनि सहभागी भएका थिए ।

    भतिजाले बेहुलीको हात र बेहुलाको काँध समाएर नाच्न थालेपछि बबन्डर मच्चिएको थियो । त्यसपछि बेहुलाले दुबै जनालाई धकेलेर बेहुलीको गालामा थप्पड हानिदिएको दुलहीका अभिभावकले गुनासो गरेका छन् ।

    सार्वजनिक स्थलमा आफूलाई थप्पड हानेपछि बेहुलीले तत्काल विवाह रद्द गर्ने निर्णयमा पुगेकी थिइन् । बेहुलीका अभिभावकले पनि उनको निर्णयलाई समर्थन जनाएका थिए । आफ्नो छोरी कुटिएपछि बेहुलीका बाबुले दुलाहा पक्षलाई तत्काल कार्यक्रमस्थलबाट जान आदेश दिएका थिए ।

    सो घटनापछि बेहुलीका परिवारले भिल्लुपरम जिल्लाको जिन्जी निवासी उनै दुलाहाका भतिजासँग विवाह गराइदिएका थिए । यसैबीच, असन्तुष्ट बेहुलाले पानरुती प्रहरी चौकीमा ७ लाख भारु क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन् ।

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १०:५६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij