Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

उपमेयर चढ्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु

उपमेयर चढ्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु


  • 3.0K
    Shares

    उपमेयर चढ्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु
    images

    काठमाडौं। झापाको मेचीनगर नगरपालिकाकी उपमेयर चढ्ने सरकारी गाडीको ठक्करबाट एकको ज्यान गएको छ। उपमेयर मीना उप्रेतीले प्रयोग गर्ने बा१झ १७२ नम्बरको सरकारी स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

    स्कारपियोले मे९प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर-७ का सन्तोष राजवंशी गम्भीर घाइते भएका थिए। 

    घाइते भएका राजवंशीलाई उपचारका लागि बिएण्डसी अस्पताल लैजादै गर्दा बुधबार बेलुकी मृत्यु भएको झापा प्रहरीले जनाएको छ। त्यस समयमा उपमेयर मीना उप्रेती भने उक्त गाडीमा सवार थिइनन्।

    राष्ट्रिय सभा निर्वाचनका लागि उपमेयर उप्रेतीलाई लिएर गाडी विराटनगर आएको थियो। उपमेयर उप्रेती विराटनगर नै बसेकी थिइन् भने अरूलाई लिएर गाडी झापा फर्केको थियो।

    गाडीमा नेकपा एमाले मेचीनगर कमिटीका अध्यक्ष राजु पोख्रेललगायत कार्यकर्ता थिए। उनीहरूलाई काँकरभिट्टा पुर्‍याउने क्रममा टोकला गेटमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १०:५१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij