२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु कोरोना संक्रमित हुनुभएको छ । बुधबार पीसीआर परीक्षण गर्दा आफूमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्चाल मार्फत् उहाँले जानकारी दिनुभएको हो ।
‘स्वास्थ्यमा सामान्य लक्षणहरु देखिए पश्चात हिजो कोभिड–१९ को पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ’, उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘केही दिन यता मेरो प्रत्यक्ष सम्पर्कमा रहनु भएका सम्पूर्णलाई स्वास्थ्य सावधनी अपनाउनका लागि अनुरोध गर्दछु ।’
उहाँ अहिले निवासमै आइसोलेसनमा रहनुभएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij