२०८२ भाद्र ३ गते मंगलवार
बैंकहरुले आधार दरका आधारमा ऋणको ब्याजदर तय गर्छन् । आधार दर घट्दै जाँदा ऋणको ब्याजदर पनि घट्दै जान्छ भने आधार बढ्दै जाँदा ऋणको पनि बढ्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमासमा आधार दर गणना गर्नुपर्छ । यसरी गणना गर्दा आधार दरमा आएको परिवर्तनअनुसार ऋणको ब्याजदर पनि घटबढ गर्नुपर्छ । नयाँ वा पुराना दुबै ऋणीलाई ब्याजदर परिवर्तन हुन्छ ।
पछिल्ला महिनामा बैंकहरुको आधार दर बढ्दै गएको छ । सोअनुसार ऋणको ब्याज पनि बढ्दै गएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक (पुस मसान्तसम्मको) वित्तीय विवरणअनुसार तीन महिनामै औसत व्याजदर करिब १ प्रतिशत बिन्दुले बढेको छ । असोज मसान्तसम्म २७ बैंकहरुको औसत आधार दर ७.५३ प्रतिशत रहेकोमा पुस मसान्तसम्म आउँदा ८.४० प्रतिशत पुगेको छ ।
बैंकहरूले प्रकाशन गरेको विवरणअनुसार गत असोजको तुलनामा मेगा र बैंक अफ काठमान्डुबाहेक सबै बैंकको आधार दर बढेको छ । गत पुसमा बैंकहरूको आधार दर न्यूनतम ०.४१ र अधिकतम १.९६ प्रतिशत बिन्दुले बढेको छ । यसका आधारमा ४ वटा बैंकको आधार दर ९ प्रतिशतभन्दा बढी, १६ वटाको ८ प्रतिशतभन्दा बढी, ५ वटाको ७ प्रतिशतभन्दा बढी र २ वटाको ६ प्रतिशतभन्दा बढी छ ।
बैंकहरुले आधार दरमा जोड्ने प्रिमियम दर पनि ऋणीलाई ताेकिने ब्याजदरका लागि महत्वपूर्ण छ । सामान्यत: बैंकहरुले आधार दरमा २ देखि ५ सम्म प्रिमियम जोडेर ऋणीका लागि ब्याजदर तोकिदिने गरेका छन् । यदी कुनै बैंकको आधार दर ९ प्रतिशत छ र उसले २ प्रतिशत प्रिमियम जोड्ने हो भने ऋणीलाई ११ प्रतिशत ब्याजदर पर्न आउँछ ।
प्रिमियम दर कति तोक्ने भन्ने निर्धारण गर्न बैंकहरुलाई स्वतन्त्रता छ । ऋण लिएपछि गर्ने व्यवसायको प्रकृति, धितोको मूल्य, ऋणीसँगको विगत कारोबार लगायत पक्ष हेरेर बैंकहरुले प्रिमियम दर निर्धारण गर्छन् । थोरै आधार दर भएको बैंकको ब्याजदर प्राय कम नै हुने भएकाले ऋणीका लागि त्यस्ता बैंक रोजाइमा पर्छन् ।
कुन बैंकको आधार दर कति (प्रतिशतमा)
बैंक |
ब्याजदर, पुस मसान्त |
ब्याजदर, असोज मसान्त |
राष्ट्रिय वाणिज्य |
६.६० |
५.६३ |
स्टयाडर्ड चार्टर्ड |
६.८३ |
५.१८ |
नेपाल |
७.०८ |
५.९३ |
नबिल |
७.३९ |
६.११ |
इन्भेष्टमेन्ट |
७.४७ |
६.७७ |
कृषि विकास |
७.५३ |
७.१२ |
एभरेष्ट |
७.६२ |
७.०० |
सानिमा |
८.०८ |
७.४५ |
ग्लोबलआईएमइ |
८.२७ |
७.४१ |
बीओके |
८.४५ |
८.५६ |
बंगलादेश |
८.४७ |
७.५१ |
एनएमबी |
८.५८ |
७.९६ |
सिद्धार्थ |
८.५८ |
७.५७ |
प्रभु |
८.६८ |
७.६३ |
लक्ष्मी |
८.७४ |
७.५७ |
मेगा |
८.७७ |
९.८१ |
माछापुच्छ्रे |
८.७९ |
७.६३ |
सेञ्चुरी |
८.८२ |
८.०९ |
कुमारी |
८.९३ |
७.८८ |
हिमालयन |
८.७५ |
७.७३ |
सनराइज |
८.९४ |
८.४० |
एसबीआई |
८.९५ |
८.११ |
प्राइम |
८.९८ |
८.२७ |
सिटिजन्स |
९.०८ |
८.११ |
एनसीसी |
९.१५ |
८.१२ |
एनआईसी एसिया |
९.४४ |
७.४८ |
सिभिल |
९.७४ |
८.२६ |
औसत |
८.४० |
७.५३ |
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij