Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विभिन्‍न स्थानबाट जुवा खेलिरहेको अवस्थामा २५ जना पक्राउ

विभिन्‍न स्थानबाट जुवा खेलिरहेको अवस्थामा २५ जना पक्राउ


  • 10.3K
    Shares

    विभिन्‍न स्थानबाट जुवा खेलिरहेको अवस्थामा  २५ जना पक्राउ

    काठमाडौं । जुवा खेलिरहेको अवस्थामा विभिन्‍न स्थानबाट २५ जना पक्राउ परेका छन् ।

    बागलुङको बागलुङ नगरपालिका ३, गुठीस्थित अमिना होटलमा तास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्‍ने ५० वर्षीय हीरा थापालगायत चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९० हजार ४ सय ७५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

    तनहुँको बन्दीपुर गाउँपालिका १, छापस्थित खाली घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्‍ने ३५ वर्षीय लक्ष्मण कपालीलगायत १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ५ सय ५० रुपैयाँ र कौडासहित पक्राउ गरेको हो ।

    कपिलवस्तुको वाणगंगा नगरपालिका ४ बस्‍ने रवीन्द्रप्रताप सेनको घरमा जुवा खेलिरहेको अवस्थामा सेनलगायत सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ११ हजार ६ सय १३ रुपैयाँ र २ गड्‍डी ताससहित पक्राउ गरेको हो । 

    प्रकाशित मिति :मंसिर ३ २०७७ बुधवार - १३:२४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij