Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

यस्ता सर्तमा स्थगित भयो केयूका विद्यार्थीको आन्दोलन

यस्ता सर्तमा स्थगित भयो केयूका विद्यार्थीको आन्दोलन


  • 2.9K
    Shares

    यस्ता सर्तमा स्थगित भयो केयूका विद्यार्थीको आन्दोलन
    images

    काठमाडौं । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूबाट अतिरिक्त शुल्क असुलिएको भन्दै काठमाडौं मेडिकल कलेज र नोबेल कलेजविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूको आन्दोलन स्थगित भएको छ ।

    काठमाडौं विश्वविद्यालय (केयू)ले विद्यार्थीको शिक्षण शुल्कका नाममा विश्वविद्यालयको खातामा आएको अतिरिक्त शुल्क फिर्ता गर्ने र होस्टेललाई ऐच्छिक गर्ने निर्णय गरेपछि आन्दोलन स्थगित भएको हो छ ।

    केयूले मंगलबार यस्तो निर्णय गर्दै होस्टेललाई ऐच्छिक गर्ने नियम संशोधन गर्न चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलमा समेत पत्राचार गरेको छ । केयूको सो निर्णयपछि नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँलगायत विद्यार्थी संगठनका पदाधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै हाललाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

    काठमाडौं विश्वविद्यालय प्रशासनले ती मेडिकल कलेजलाई अनिवार्य रूपमा विद्यार्थीहरूलाई पठनपाठनमा संलग्न गराउन पनि निर्देशन दिएको छ ।

    यी हुन् केयूले गरेका निर्णयहरू 

    १. अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थीकै नाममा फिर्ता गर्ने ।
    २. छात्रावासलाई स्वेच्छिक गर्ने ।
    ३. होस्टेल शुल्क र अतिरिक्त शुल्क नबुझाएबापत पठनपाठनलगायत सुविधाबाट वञ्चित रहँदै आएका विद्यार्थीहरूलाई निःसर्त कक्षामा सामेल गराउने ।

     

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - १२:३५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij