Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

चितवनमा नालीमा खसेर एक जनाको मृत्यु

चितवनमा नालीमा खसेर एक जनाको मृत्यु


  • 2.8K
    Shares

    चितवनमा नालीमा खसेर एक जनाको मृत्यु
    images

    चितवन । भरतपुर महानगरपालिका–९ गोन्द्राङको भित्री सडकको नालीमा खसेर एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीयवासी राजु विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आज बिहान अन्दाजी ७ बजे विकको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार विकलाई साइकलसहित स्थानीयवासीले नालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । विकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - १२:०४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij