Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

आर्थिक सङ्कट र महामारीका बिच ताजा जनादेश किन र कसका लागि ?

आर्थिक सङ्कट र महामारीका बिच ताजा जनादेश किन र कसका लागि ?


  • 10.7K
    Shares

    आर्थिक सङ्कट र महामारीका बिच ताजा जनादेश किन र कसका लागि ?
    images

    राजनीतिक माहौल यसरी यस्तो बन्यो कि मानौं खड्गप्रसादकै खल्तीमा राष्ट्रियता र राष्ट्रिय अस्मिता संरक्षणको चमत्कारी सूत्र छ । खड्कप्रसाद नै हुन् संविधानको जनन । उनकै लहडबाजीको भरमा विघटन र पुनःस्थापन हुन्छ संसद अनि निर्वाचन हुन्छ। पाँच÷सात वर्ष अगाडिका पार्टीका योद्धाहरू आज समर्थक, समर्थकहरू आज शुभचिन्तक, शुभचिन्तकहरू आज विरोधीमा परिणत भईसके अझै सत्ता र शक्तिको लागि आन्दोलन र

    धर्ना र अझै समयसीमा अगावै ताजा जनादेश ?

    संसद विघटन पछिको आन्दोलनमा सहभागी युवाहरूले सम्भवतः सबैभन्दा धेरै उच्चारण गरेको शब्द ‘संविधान’हो ।
    ३ करोड जनताको रगत, पसिना, त्याग, तपस्या र बलिदानबाट ७० बर्ष संघर्ष गरेर ल्याएको लोकतन्त्र र त्यसबाट बनेको संविधान र त्यो संविधान अनुरूप बनेको सार्वभौमसत्ता सम्पन्न संसद भङ्ग गर्ने अधिकार २ जना ब्यक्ति प्रधानमन्त्री र राष्ट्रपतिलाइ कस्ले दियो ? जब कि त्यस्तो प्रावधान देशको मूल कानून संविधान मै छैन । पार्टीको झगडा, पदको लोलुपताको इगो साँध्ने अनि गरीब जनतालाई ऋणमाथि ऋणको भारी बोकाउने वा रिस पोख्ने ठाउँ हो प्रतिनिधिसभा ? मजबुत जनमतलाई अपमान गरेर उल्टै जनभावना बिपरित यो आर्थिक सङ्गकटको बेला खर्चिलो निर्वाचन किन र कस्का लागि ?

    निर्वाचन प्रणालीमा प्रश्नः

    जनमत नपाएका हरूवाहरू पनि मन्त्री, सांसद हुने कस्तो पद्धती हो या ? जनताले मत नदिइ अपदस्त गरेका हरूवाहरूलाई नै राज्यका निकायमा स्थान दिने भए आखिर अर्बौं रूपैंया खर्च गरेर के का लागि चुनाव गर्नु ? जनता कोरोना भाइरसको भ्याक्सिन लगाउनलाई लाईनमा उभिनुपर्ने त कता हो कता महाराजको हुकुमले चुनावको लाईनमा पो उभ्याउन खोज्दै छन् त बेमौसमी बाजा पनि कति बजाउँछन् दिक्क लाग्ने !

    न व्यक्तिगत कुशल नेतृत्वदायी क्षमता छ, न आफूले सम्हालेको जिम्मेवारीमा प्रभावकारी काम भएको छ, न नैतिक आचरण राम्रो छ, न जीवनशैली आफ्ना शुभचिन्तक समर्थक र कार्यकर्ताहरूलाई प्रेरित गर्ने खालको छ, तर यति हुँदाहुँदै करोडौं खर्च गरी निर्वाचनमा जान तयार ! अपारदर्शी जीवनशैली, बाहिरी आवरणमा सन्त÷सन्याशी आर्थिक पारदर्शिता देखाउने तर आन्तरिक रूपमा करोडौंको खर्च गर्ने नजिर कायम छ । अनि त्यस्तो स्थितिमा पनि जनता सकारात्मक भएर बसिदिऊन् भन्ने शासक चाहानाले यो स्थितमा आएको देखिन्छ ।

    जीविकोपार्जनको लागि कुनै बन्दब्यबसायको स्रोत नभएका उत्पादनशिल क्षेत्रमा कतै लगानी नभएको मानिसले राजनीतिलाई कमाइखाने हतियार बनाउँदा त्यसले सिङ्गो राजनीति भ्रष्टाचारको पोखरी बन्न गएको गएको तर्क अस्वाभाविक होइन । आफ्नो दैनिक आवश्यकता पूरा गर्न सक्षम मानिस मात्र राजनीतिमा आउँदा उसले सेवा भावले काम गर्न सक्छ भन्ने तर्क पनि छ । आर्थिक स्थित मजबुत नभएका तर पछिल्लो ज्ञान बिज्ञान र प्रबिधिसँग नजिक रहेका ब्यक्तिको लागि यो निर्वाचन प्रणाली उपयुक्त नहुन सक्छ । अब यो निर्वाचन प्रणाली नै खराब त होइन भन्ने जनताको बुझाइ गलत नहुन सक्छ अब नागरिक समाज र बौद्धिक तप्काका ब्यक्तिहरूबाट संविधानमा अपूर्णता रहेको निर्वाचन प्रणालीको बहस आउनुपर्ने देखिन्छ ।

    काम चलाउ खड्कप्रसाद र प्रतिपक्ष नेता शेर बहादुरः
     

    नेपालमा केही राम्रा काम भएका छन् तर यी कामहरू सम्बन्धित मन्त्री सम्बन्धित नगर प्रमुख वडाध्यक्षहरूले गरेका हुन् प्रधानमन्त्री त वालुवाटार दरबारको स्वर्गीय आनन्द छोडी सिंहदरबार कार्यालय त जाँदैनन् चुनावी भाषणबाजी त वाहीयात कुरा मात्रै हो ।
    सचेत नागरिकहरूले प्रश्न गर्न नछोडौं । कामचलाउ हैसियतमा रहेका प्रधानमन्त्री खड्क ओलीले जतिसुकै नै स्पष्टीकरण दिए पनि जनताले पत्याउने छैनन् पत्याउन हुँदैन हाम्रो एउटा प्रश्न छ यो आर्थिक सङ्कट र महामारी बिच के को नयाँ जनादेश ?

    खड्क ओलि र उहाँको दिवा सपना उरन्ठेउलो भाषणलाई  सचेत जनताले अब बुझ्नुपर्छ खड्क ओली प्रतिगामी कदम चाल्दैछ्न । संविधान रहे जनताको सर्बोच्च संस्था प्रतिनिधिसभा रहे एउटा असल नेतृत्व आउन सक्छ तर प्राप्त उपलब्धि नै गुम्यो भने फेरि निरङ्कुश सासक आउने उत्पीडित बर्ग जाती समुदायका मान्छेहरू सधैं पीडित नै त हुदैनन् ?

    हाम्रो दुर्भाग्य !

    संसद् विघटनपछि राजनीतिको केन्द्रमा कांग्रेस छ र कांग्रेसको केन्द्रमा शेरबहादुर देउवा !
    तर, न कांग्रेसले आफ्नो भूमिकामा न्याय गर्न सकेको छ,न देउवाले नै! यही रनभुल्लमा परेर फेरि अर्बौं खर्च गर्नेगरि निर्वाचनमा जाने ? यो हुन सक्दैन । जनमतको अपमान गर्नेमा सबैभन्दा बढी सत्तामा आसिन वा सत्ता चाखिसकेका चखुवा, कैयौं बर्षदेखि सत्ता दोहन गर्नेहरू नै बढी जिम्मेवार देखिन्छन् । र यिनलाई साथ दिएर तपाईं हामीले हाम्रा पछिल्लो पिंढी र तिनको भविष्य माथि पाप गरिरहेका छौं । यस्ता भिखारी नेता छान्ने र सत्तामा पुर्याउने तपाई हामी जस्ता नागरिक  र नेताका अन्धभक्त, चाकरीबाज कार्यकर्ता  नै प्रमुख दोषी हौं अब त स्वीकार गरांै सत्ता भोकका तिनै भिखारीहरू रहुन्जेल तपार्इं हामी जनताको बुद्धि नफिरिञ्जेल जनता र देशले त दुःख पाइरहन्छ ।

    अपारदर्शी चुनावी गठबन्धन र एकताः

    निर्धक्कै भन्न सकिन्छ— नेपालको राजनीति सेवा, पेसा वा व्यवसायको मर्यादाबाट तल खस्केर शुद्ध दलालीको तहमा ओर्लेको छ । आदर्श र इमानदारीका मानक भत्काएपछि सबै कुरामा आशेपासे पँुजीवाद फस्टाएको देखिन्छ । यातायात सिन्डिकेट खारेज गर्ने नीतिगत निर्णयदेखि बिनाप्रतिस्पर्धा ठूला ठेक्का लगाउने सत्तारूढ दलको योजनामा प्रत्यक्ष दलालीको मनसाय कतै लुकेको छैन ऐना जस्तै छर्लङ्ग छ ।
    विचार नमिल्नेहरू एक भएर केही हुन्न, संगठन ठूलो देखाउन. सत्तामा पुग्न मात्र सबै मिल्नुको मात्र कुनै अर्थ छैन विरोध मात्र होइन विकल्प नै के हो भन्ने निश्चित नगरी मिल्नु र फुट्नुको अर्थ छैन ! नयाँ र पुराना पार्टीहरूबाट नयाँ पुस्ताले सिक्ने पाठ यही हो मौका यहि हो ।
    आन्दोलन जारी छ क्यारे ! सत्ता प्राप्तिका लागि, सायद सफल होलान वा चुनाब होला र फेरीपनि आन्दोलन गरेर आएका हौ भनेर सावाँ ब्याज खादै फेरि राष्ट्रपति, प्रधानमन्त्री ,अध्यक्ष बन्छन् होला । अन्य नेता मन्त्री बन्ने होलान्, शीर्ष नेताहरूकै आफन्तहरू आयोग, नियोगका आयुक्त र राजदुत बन्नेछन् । निर्वाचन नै भएछ भनेपनि नेपाली जनताले के पाउलान् ? किसान, बेरोजगार युवाहरूले के पाउलान् ? ए नेताहरू कृपया जनताको लागि पनि भागभण्डा उधारो नराखी तमसुक गर यो उधारोले सत्ता मात्र हैन ज्यान पनि जाने भो ।

    अन्त्यमा,

    खड्क ओलीले संसद विघटन गर्नु पुर्व माइतीघरमा कुनै नेता भेला भएका थिएनन् यिनीहरू कहिल्यै सडकमा आएनन् । याद रहोस् माइतीघरमा गोविन्द केसी आमरण अनसन बसिरहँदा यिनीहरूले कर्फ्यु लगाए । माइतीघरलाई नै निषेधित क्षेत्र तोके, जनताविरुद्ध पानीका फोहरा छ्यापे । आज भ्रष्टाचार गर्न नपाएर यी सडकमा आउँदा यिनीहरूलाई किन समर्थन गर्ने ? जनताको पैसामा पचासौँ सरकारी गाडी र सुरक्षाकर्मीको साथ सडकमा आएका छन् ।
    मलाई अचम्म लागेको कुरा, नेताले आन्दोलन गरौँ भन्छन् अनि काम नभएका जनता आन्दोलनमा होमिन्छन् । भोलि नेताले सत्ता र कुर्सी पाउछन् र आफ्ना नातागोता भित्रकालाई उच्च पदमा लान्छन् तर त्यो आन्दोलनमा जाने नेताको नजिकको झोले कार्यकर्ता बाहेकका अरु जनताले के पाउछन् ? त्यसैले कृपया कसैको परिवारको पद र कुर्सिको लागि होईन आफ्नो परिवारको खुशीकोलागी आफ्नो जे काम हो (अध्यन, जागिर, ब्यबसाय, कृषि ) त्यही काममा समयको सदुपयोग गरौ, समयले कसैलाई पर्खिदैन । 

    ३ बर्ष देखि जोकर शासन गरेर एसियाकै भ्रष्ट सरकार ठहरिए दुईतिहाईवाला प्रधानमन्त्री । । कोरोनाले मजदुर, किसान, उद्योगी, व्यापारीहरू ऋणले चौपट्ट छन् । बैदेशिक ऋण तेब्वर पुगेको छ । देशको अर्थतन्त्र भयावह नाजुक छ। देशको अर्थतन्त्र बर्बाद अवस्थामा पुर्याए पार्टी भित्र आफु अल्पमतमा परियो भन्दैमा अबैध तबरले संसद बिघटन गर्ने ? लाखौ कार्यकर्ताको पार्टी फुटाएर गिरोह चलाउने ? देशलाई अस्थिरता तर्फ लैजाने ? अनि तिनै भ्रष्ट नेताहरू फेरि चुन्नको लागि खर्वौ खर्चिएर अबैध चुनाव गर्ने ? संविधान विपरीत समय सीमा अगावै घोषणा गरेको चुनाव बहिष्कार गरौं सचेत नागरिकको परिचय दिआंै ।

    शंकर लामिछाने

    प्रकाशित मिति :पौष २३ २०७७ बिहिवार - १६:४०:३२ बजे
    प्रतिक्रिया

    शंकर लामिछाने

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij