Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

कनेक्टआईपीएसमार्फत बिमाको प्रिमियम भुक्तानी गर्न सकिने, यसरी गर्न सकिन्छ भुक्तानी

कनेक्टआईपीएसमार्फत बिमाको प्रिमियम भुक्तानी गर्न सकिने, यसरी गर्न सकिन्छ भुक्तानी


  • 3.9K
    Shares

    कनेक्टआईपीएसमार्फत बिमाको प्रिमियम भुक्तानी गर्न सकिने, यसरी गर्न सकिन्छ भुक्तानी
    images

    कनेक्टआईपीएसमार्फत बैंक तथा वित्तीय संस्थाको खाताबाटै बिमाको भुक्तानी सजिलै गर्न सकिने भएको छ । यसमा १८ वटा जीवन बिमा कम्पनी र १४ निर्जीवन बिमा कम्पनी आबद्ध भएका छन् ।

    कनेक्टआईपीएसमा आबद्ध भएका बिमा कम्पनीहरूको बिमाको प्रिमियम सहजै भुक्तानी गर्न सकिने नेपाल क्लियरिङ हाउसले जनाएको छ ।

    कम्पनीका अनुसार कनेक्टआईपीएसको वेबसाइट र मोबाइल एपबाट प्रिमियम भुक्तानी गर्न सकिन्छ ।

    आफ्नो प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरेर कनेक्टआईपीएस डटकममा लग इन गरी ड्यासबोर्डबाट वित्तीय संस्थाहरूमा क्लिक गर्न सकिन्छ । त्यसपछि बिमामा क्लिक गरी जीवन बिमा वा निर्जीवन बिमामा क्लिक गर्नुपर्छ । त्यसपछि तपाईंको बिमा कम्पनीमा क्लिक सकिन्छ । भुक्तानी गर्नको लागि आफ्नो खाता चयन गरी र बिमा प्रिमियम भुक्तानीको लागि आवश्यक विवरणहरू भर्नुपर्छ । त्यसपछि विवरणहरू पुनः जाँच गर्न सकिन्छ र दर्ता गरिएको मोबाइल नम्बर र इमेलमा प्राप्त लेनदेन पासवर्ड र/वा ओटीपी प्रयोग सकिन्छ । लेनदेन पूरा गर्न सबमिटमा क्लिक गर्नुपर्छ ।

    यसैगरी, मोबाइल एपबाट भुक्तानी गर्दा निम्न प्रक्रिया पूरा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

    आफ्नो प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरेर कनेक्टआईपीएस मोबाइल एपमा लग इन गर्ने, गृहपृष्ठमा क्रेडिटर्समा क्लिक गर्ने, वित्तीय संस्थाहरूमा क्लिक गर्ने, बिमामा क्लिक गर्ने, ग्राहक जीवन बिमा वा गैरजीवन बिमा भुक्तानीमा क्लिक गर्नुपर्छ । त्यसपछि आफ्नो बिमा कम्पनीमा क्लिक गर्नुपर्छ । भुक्तानी गर्नको लागि आफ्नो खाता चयन गर्ने र बिमा प्रिमियम भुक्तानीको लागि आवश्यक विवरणहरू भर्नुपर्छ ।

    विवरणहरू पुनः जाँच गर्ने र दर्ता गरिएको मोबाइल नम्बर र इमेलमा प्राप्त लेनदेन पासवर्ड र/वा ओटीपी प्रयोग गर्नुपर्छ । लेनदेन पूरा गर्न सबमिटमा क्लिक गरेपछि बिमा प्रिमियम भुक्तानी हुने कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :माघ ११ २०७८ मंगलवार - १४:३५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij