२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ जना संक्रमित थपिएका हुन्।
यस्तै गत २४ घण्टामा देशभर १० हजार ३१९ जना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ। यस्तै आज २ हजार ५४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर ८२ हजार ५५० जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा १६ हजार ६५४ पीसीआर तथा ४ हजार ५४७ एन्टिजेन परीक्षण भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij