Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नेपालमा आज थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

नेपालमा आज थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु


  • 3.3K
    Shares

    नेपालमा आज थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
    images

    काठमाडौं। नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

    पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिमार्फत् २१ हजार २०१ नमूनाको परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

    मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार ६५४ नमूनाको पीसीआर र चार हजार ५४७ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट आठ हजार ५४ र एन्टिजेन परीक्षणबाट दुई हजार २६५ जनामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरी चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको मन्त्रालयले जानकारी दिएको छ। यस्तै, पछिल्लो २४ घण्टामा दुई हजार ५४० जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका छन्। 

    मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ।

    कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :माघ १० २०७८ सोमवार - १६:२७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij