२०८२ माघ ७ गते बुधवार
काठमाडौं । एनआईसी एशिया बैंकले प्रस्ताव गरेको लाभांशलाई नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेको छ। यो बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द भएको छ।
क्यापिटल कन्जरभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै नेपाल राष्ट्र बैंकले लाभांशसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको हो।
बैंक सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij