२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ। आइतबार १०.८२ अंक घटेर २९२०.५२ विन्दुमा बन्द भएको नेप्से आजकोसो सेसनमा ५.६० अंक बढेर २९२६.१२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.७९ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ३१ कम्पनीको १४ लाख ८२ हजार ७६३ रुपैयाँ बराबरको २ हजार ४८० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij