Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सहकारी शिक्षा सम्वन्धी एक दिवसीय  तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

सहकारी शिक्षा सम्वन्धी एक दिवसीय  तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न


  • 6.6K
    Shares

    सहकारी शिक्षा सम्वन्धी एक दिवसीय  तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

     काठमाडौं । वानेश्वरस्थित इन्द्रेणी फुड ल्याण्डमा सहकारी शिक्षा सम्वन्धी एक दिवसीय तालिम तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । 

    viber_image_2022-01-23_13-47-34-887.jpg
     संस्थाका अध्यक्ष अर्जुन खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा खतिवडाले सहकारीहरू वास्तविक मूल्य र मान्यतामा सञ्चालन हुनुपर्नेमा जोड दिएका दिए । कार्यक्रमका तालिम संयोजक ऋषिराम ढकालले कार्यक्रमको उद्देश्य, काम र कर्तव्यका बारेमा चर्चा गरे । तेस्रो कोभिड महामारीका कारण छानिएका २३ जनाको सहभागिता रहेको सो कार्यक्रममा प्रशिक्षणका क्रममा काठमाडौं महानगरपालिकाका पुर्व सहकारी विभागका प्रमुख नमराज ढकालले सहकारी सहकारी विच एकीकरण गर्दा ध्यान पु¥याउनुपर्ने, सहकारी संस्थामा शेयर सदस्यको भूमिका, सदस्यको काम, कर्तव्य र अधिकार, बचत गर्दाको फाइदा बेफाइदा, सहकारी आफैले उत्पादन क्षेत्रमा लगानी गरेर शेयर सदस्यलाई आय आर्जनमा लगाउन सकिने, गैर सदस्यलाई सेवा दिने, निर्णय प्रक्रियामा चल्नुपर्ने र नियमित बचत जस्ता सहकारी शिक्षाका बारेमा प्रष्ट पारेका थिए । 
     कार्यक्रममा सहकारीको उद्देश्य, महत्व, नीति नियम, कानुनलाई प्रष्ट पार्दै सहभागी तथा तालिममा सहभागी व्यक्तिलाई प्रशिक्षक ढकालद्वारा प्रमाणपत्र वितरणकार्य समेत सम्पन्न भयो । 

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - १८:२१:५७ बजे
    प्रतिक्रिया

    विष्णु चुडाल

    writer

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij