२०८२ मंसिर १३ गते शनिवार
साताको पहिलो कारोबार दिन )आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक करिब ११ अंक घटेको छ। यस दिन नेप्से परिसूिचक १०.८३ अंक घटेर २९२०.५१ विन्दुमा झरेको हो। नेप्से ओरालो लागेपनि यस दिन सेन्सेटिभ इण्डेक्स ०.०६ अंक बढेको छ।
कारोबारमा आएका २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार कित्ता शेयर ८७ हजार ४७८ पटकको कारोबारमा ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। बढेकामध्ये यस दिन अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ।
यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन व्यापार, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावरको १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने एनआईसी एशिया र शिखर इन्स्योरेन्सको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
नेप्से ओरालो लागेपनि यस दिन दुई कम्पनीको शेयर सकारात्मक सकिर्ट लेभमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij