Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

नेपालमा व्यापार घाटा चुलिँदै: आयात १० खर्ब हुँदा एक खर्ब १८ अर्ब निर्यात

नेपालमा व्यापार घाटा चुलिँदै: आयात १० खर्ब हुँदा एक खर्ब १८ अर्ब निर्यात


  • 3.7K
    Shares

    नेपालमा व्यापार घाटा चुलिँदै: आयात १० खर्ब हुँदा एक खर्ब १८ अर्ब निर्यात
    images

    काठमाडौँ ।चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ ।

    सो अवधिमा रु नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले रु एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ प्रतिशत र निर्यात ९५५ दशमलव ४८ प्रतिशतले वृद्धि भएको हो ।

    गत आर्थिक वर्षको सोही अवधिमा रु छ खर्ब ६१ अर्ब २४ करोड ५३ लाखको आयात हुँदा नेपालले रु ६० अर्ब ७९ करोड ९२ लाखको निर्यात गरेको थियो । निर्यात बढ्दै गए पनि आयात झन् धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको छ ।

    व्यापार घाटा चुलिँदै
    चालु आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेर रु आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा रु छ खर्ब ४४ करोड ६१ लाखको व्यापार घाटा भएको थियो ।

    यसै गरी चालु आर्थिक वर्षको पहिलो छ महिनामा मुलुकको वैदेशिक व्यापार रु ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखको भएको छ । गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार रु सात खर्ब २२ अर्ब ४५ करोडको भएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५४ दशमलव ८६ प्रतिशतले बढी हो ।

    १४१ देशबाट आयात
    चालु आवको पहिलो छ महिनामा नेपालमा १४१ देशबाट रु नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख मूल्य बारबरका विदेशी वस्तुको आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट सो अवधिमा रु छ खर्ब तीन अर्ब ५४ करोड ५१ लाखको आयात भएको छ । भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट रु एक अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख मूल्य बराबरका वस्तु आयात भएको छ ।

    यसै गरी नेपालले चालु आर्थिक वर्षको पहिलो छ महिनामा भारततर्फ रु ९६ अर्ब ५६ करोड तथा चीनतर्फ रु ४५ करोड ६२ लाख ४७ हजार मूल्य बराबरका वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ ।

    ६ महिनाको वैदेशिक व्यापार

    आयात : ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ (५१.१३ प्रतिशत बढेको)

    निर्यात : १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ (९५.४८ प्रतिशत बढेको)

    व्यापार घाटा : ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ (४६.६४ प्रतिशत बढेको)

    कुल वैदेशिक व्यापार : ११ खर्ब १८ अर्ब १९ करोड रुपैयाँ (५४.८६ प्रतिशत बढेको)

    व्यापारमा आयातको हिस्सा : ८९.३७ प्रतिशत (२.४१ प्रतिशत घटेको)

    व्यापारमा निर्यातको हिस्सा : १०.६३ प्रतिशत (२६.२३ प्रतिशतले बढेको)

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - १४:१२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij