२०८२ भाद्र २० गते शुक्रवार
नाइजेरियामा भएको सडक दुर्घटनामा परि कम्तीमा पनि २२ जनाको ज्यान गएको छ ।
नाइजेरियाका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा ती नागरिकको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।प्राप्त समाचारमा नाइजेरियाको मध्य भागका दुई ठूला राजमार्गमा बुधबार सवारी दुर्घटना भएको हो ।
नाइजेरियाको लोकोजा कागी राज्यमा बुधबार विहान सो दुर्घटना भएको हो । त्यसमा परि १४ जनाको ज्यान गएको छ । सो दुर्घटनामा ज्यान जानेमा ११ जना महिला र ३ पुरुष रहेका छन् । सो दुर्घटनामा परि अरु कैयौँ व्यक्ति घाइते पनि भएका छन् ।
त्यसैगरी नाइजेरियाको काबा क्षेत्रमा पनि यस्तै सवारी दुर्घटना भएको छ । त्यसमा परि अरु ८ जना यात्रुको निधन भएको छ । ती दुर्घटनामा परि अरु २६ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ भने केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij