Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

माछापुच्छ्रे बैंकसहित चार कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कसको कति ?

माछापुच्छ्रे बैंकसहित चार कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कसको कति ?


  • 3.6K
    Shares

    माछापुच्छ्रे बैंकसहित चार कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कसको कति ?
    images

    काठमाडौँ । विभिन्न चार कम्पनीको १ करोड ३४ लाख ९१ हजार ८ सय ८९ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएको छ । माछापुच्छ्रे बैंकसहित आशा, साधना र गुराँस लघुवित्त वित्तीय संस्थाको उक्त शेयर गत विहीबार नेप्सेमा सूचीकृत भएको हो । 

    यसैक्रममा माछापुच्छ्रे बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १३.३० प्रतिशत बोनस बापतको १ करोड २० लाख ४० हजार ६ सय १० कित्ता शेयर सूचीकृत भएको हो । 

    त्यस्तै आशा लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको २५ प्रतिशत बोनस बापतको ६ लाख ६७ हजार ८ सय २८ कित्ता शेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ । 

    त्यसैगरी साधना लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको २५ प्रतिशत बोनस बापतको ६ लाख ४२ हजार ४ सय ५१ कित्ता शेयर पनि बिहीबार नै सूचीकृत भएको हो । 

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - १३:११:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij