Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

बाटो भुलेकी महिलालाई होटलमा लगेर सामूहिक बलात्कार, एक जना पक्राउ, दुई फरार

बाटो भुलेकी महिलालाई होटलमा लगेर सामूहिक बलात्कार, एक जना पक्राउ, दुई फरार


  • 2.6K
    Shares

    बाटो भुलेकी महिलालाई होटलमा लगेर सामूहिक बलात्कार, एक जना पक्राउ, दुई फरार
    images

    विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलियामा महिलामाथि सामूहिक बलात्कार भएको छ ।

    इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जना फरार छन् ।

    बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम गर्न थालेकी थिइन् । काम सकेर साँझमा उनी गछियास्थित बहिनीको घर फर्कदै थिइन् । उनी इटहरीबाट बस चढेर शुक्रबार साँझ करीब ६ बजे गछियासम्म पुगिन् । तर बहिनीको घरसम्म पुग्ने बाटो बर्सिइन् ।

    बाटो सोध्दा रामबहादुर नेपालीले बहिनीको घरसम्म पुर्‍याइदिने भन्दै प्रदेश २(०१(००१ च २२७ नम्बरको गाडीमा चढाए । उनले गाडी घुमाउँदै सुन्दरहरैचा–४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगे । बलात्कृत महिलाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर छ । उनलाई कोसी अस्पताल विराटनगरमा भर्ना गरेर उपचार जारी छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न भएका होटल सन्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठलाई पक्राउ गरेको छ। सोही होटलमा काम गर्ने आरती श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ ।

    बलात्कारको घटनामा संलग्न भएको भनिएका २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपाली फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ । पीडित महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् ।

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - १२:४१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij