Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

ओखलढुंगामा जिप दुर्घटना: ३ जनाको मृत्यु

ओखलढुंगामा जिप दुर्घटना: ३ जनाको मृत्यु


  • 3.0K
    Shares

    ओखलढुंगामा जिप दुर्घटना:  ३ जनाको मृत्यु
    images

    काठमाडौँ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा आज बिहान बोलेरो जिप दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको छ ।

    ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको बोलेरो जिप बाटो माथीबाट ढुंगा खसेर लागेको हो । जिपमा ६ जना यात्रु सवार थिए ।

    त्यसमध्ये सिद्धिचरण नगरपालिका– १ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका–१ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

    उनीहरूको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ । ओखलढुंगा निशंखे सडक ग्राभेलको ठेक्का पाएको कान्छाराम कन्सट्रक्सनले स्काभेटर लगाएर बाटोमाथि बाटा ढुंगा झिक्ने काम भएकाले त्यही ढुंगा खसेर मोलीबाट ओखढुंगा आउँदै गरेको जिपमा लागेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - १२:३६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij