२०८२ मंसिर १३ गते शनिवार
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ९ कम्पनीको शेयर सूचिकृत भएको छ । बुद्धभुमि नेपाल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, मेगा बैंक, विन नेपाल लघुवित्त, आरम्भ चौतारी लघुवित्त, माछापुच्छ्रे बैंक, आशा लघुवित्त, साधना लघुवित्त र गुराँस लघुवित्त समायोजन भएको छ ।
१. बुद्धभुमि नेपाल हाइड्रोपावर
नेप्सेमा बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको करिब साढे ३ महिना पछि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणलाई वितरण गरेको ८ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रमा वासिन्दालाई निष्काशन गरेको ४ लाख र कम्पनीका संस्थापकहरुले लगानी गरेको २८ लाख कित्ता सहित ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।
२. एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ । बैंकको ३० प्रतिशत हकप्रद बापतको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।
३. मेगा बैंक नेपाल लिमिटेड
मेगा बैंक नेपाल लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो ।
स्टकका अनुसार मेगा बैंकको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
४. विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटे
नेप्सेमा विन नेपाल लघुवित्तको शेयर सूचिकृत भएको छ । साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेड १ः०.७५ को अनुपातमा एक आपसमा मर्जर गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको ७ लाख २४ हजार ४ सय ६३ कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
५. आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा आरम्भ चौतारी लघुवित्तको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ः०.८४ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा २ लाख १ हजार ६ सय कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
६. माछापुच्छ्रे बैंक
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माछापुच्छ्रे बैंक शेयर सूचीकृत भएको छ । नेप्सेमा माछापुच्छ्रे बैंकको १ करोड २० लाख ४० हजार ६१० कित्ता बोनस शेयर सूचीकृत भएको छ। यो बैंकले गत आर्थिक वर्षमा आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।
७. आशा लघुवित्त
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आशा लघुवित्तको शेयर सूचीकृत भएको छ । आशा लघुवित्तको ६ लाख ६७ हजार ८२८ कित्ता शेयर सूचीकृत भएको हो ।
८. साधना लघुवित्त
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साधना लघुवित्तको शेयर सूचीकृत भएको छ । साधना लघुवित्तको ६ लाख ४२ हजार ४५१ कित्ता शेयर सूचीकृत भएको छ ।
९. गुराँस लघुवित्त
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गुराँस लघुवित्तको शेयर सूचीकृत भएको छ । गुराँस लघुवित्तको १ लाख ४१ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij