२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने जनाएको छ । शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने निर्णय भएको छ । अब चाँडै परीक्षा तालिका पनि सार्वजनिक हुने भएको छ । कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केहीपछि गर्ने निर्णय बोर्डले गरेको हो ।
वैशाख महिनामा परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने उनको भनाई छ । त्यस्तै बोर्डले यही शैक्षिक सत्रदेखि कक्षा १० को परीक्षा प्रदेशस्तरीय बनाउने तयारी थालेको जनाएको छ ।
संविधानले, शिक्षा ऐनले कक्षा ८ को स्थानीयस्तरीय कक्षा १० को प्रदेशस्तरीय र कक्षा १२ को राष्ट्रियस्तरीय हुनुपर्ने व्यवस्था गरे अनुरुप गर्ने तयारी भइरहेको अध्यक्ष शर्माले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij