Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कोरोना कारण न्युजिल्यान्डकी प्रधानमन्त्रीकै विवाह स्थगित

कोरोना कारण न्युजिल्यान्डकी प्रधानमन्त्रीकै विवाह स्थगित


  • 2.1K
    Shares

    कोरोना कारण  न्युजिल्यान्डकी प्रधानमन्त्रीकै विवाह स्थगित
    images

    वेलिङटन ।न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले कोभिडका कारण विवाह स्थगित गर्न बाध्य भएको बताएकी छिन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि प्रधानमन्त्री आर्डेनले विवाह स्थगित गरेकी हुन् ।

    ‘कोभिडका कारण मेरो विवाह यसअघि तोकिएको मितिमा नहुने भएको छ,’ उनले भनिन् । सरकारले विवाहलगायतका ठूला जमघट हुने कार्यक्रममा बढीमा १०० जना मानिस भेला हुन पाउने जनाएको छ । तर, ती सबै जनाले पूर्ण खोप लगाएको हुनुपर्छ । 

    आफू महामारीबाट प्रभावित न्युजिल्यान्डका अन्य नागरिक जस्तै प्रभावित भएको उनले बताएकी छिन् । ‘महामारीका कारण म पनि अन्य नागरिक जस्तै प्रभावित बनेकी छु,’, प्रधानमन्त्रीले भनिन् । 

    आर्डेन र उनका लामो समयदेखिका पार्टनर क्लार्क गेफोर्डले अहिलेसम्म आफ्नो विवाहको मिति सार्वजनिक गरेका छैनन् । ४१ वर्षीय आर्डेन र उनका पार्टनर क्लार्कको तर्फबाट एक सन्तान छन् । केही सातापछि उनीहरुको विवाह गर्ने कार्यक्रम रहेको न्युजिल्यान्डका सञ्चार माध्यमहरुले जनाउँदै आएका छन् ।

    न्युजिल्यान्डमा अहिलेसम्म १५ हजार १०४ जनामा कोभिड देखिएको छ  । महामारी सुरु भएपछि अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ।

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - १०:४७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij