Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भारतमा कोरोना : थपिए ३ लाख ३३ हजार बढी कोरोना संक्रमित, ५२५ जनाको मृत्यु

भारतमा कोरोना : थपिए ३ लाख ३३ हजार बढी कोरोना संक्रमित, ५२५ जनाको मृत्यु


  • 3.1K
    Shares

    भारतमा कोरोना : थपिए ३ लाख ३३ हजार बढी कोरोना संक्रमित, ५२५ जनाको मृत्यु
    images

    भारत । भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ३३ हजार ५३३ जनामा कोरोना संक्रमण देखिएको छ। १८ लाख ७५ हजार ५३३ जनाको कोरोना परीक्षण गर्दा ३ लाख ३३ हजार ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यससँगै दैनिक संक्रमणदर १७.७८ पुगेको छ।

    भारतमा पछिल्लो दुईदिनदेखि कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ। शुक्रबार ३ लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। शनिबार भने ३ लाख ३७ हजार ७०४ जनामा संक्रमण देखिएको थियो।आज संक्रमितको संख्या हिजोभन्दा ४ हजार १७१ कम रहेको छ।

    यस्तै, पछिल्लो २४ घन्टामा २ लाख ५९ हजार १६८ जना कोरोना संक्रमणबाट मुक्त हुँदा सक्रिय संक्रमितको संख्या २१ लाख ८७ हजार २०५ पुगेको छ। थप ५२५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - १०:३५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij