Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौं महानगरपालिका: भौतिकरुपमा सञ्चालन भएको पठनपाठनलाई तत्काल बन्द गर्न निर्देशन

काठमाडौं महानगरपालिका: भौतिकरुपमा सञ्चालन भएको पठनपाठनलाई तत्काल बन्द गर्न निर्देशन


  • 2.3K
    Shares

    काठमाडौं महानगरपालिका: भौतिकरुपमा  सञ्चालन भएको पठनपाठनलाई तत्काल बन्द गर्न निर्देशन
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

    कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कामपा शिक्षा विभागसमेतको निर्देशनलाई समेत बेवास्ता गरेको भन्दै कामपा शिक्षा विभागले सूचना जारी गर्दै भौतिकरुपमा कक्षा सञ्चालन भएको पठनपाठनलाई तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

    पुनःनिर्देशनको बेवास्था गरी विद्यार्थीको भौतिक सहभागितामा गतिविधि अघि बढाए कामपा कारबाही गर्न बाध्य हुने बताइएको छ । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर तीव्ररुपमा बढिरहेको भन्दै सरकाले गत पुस २७ गतेदेखि भौतिक उपस्थितमा कक्षा सञ्चालन नगरी वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ ।

    सरकाले निर्देशनको बेवास्था गरी कामपाका भित्री वडामा विद्यालय सञ्चालन भएको जनगुनासो आएपनि कामपाले पुन: सूचना जारी गरेको र फेरि बेवास्था गरे थप कारवाही अघि बढाउने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महामारी नियन्त्रणमा सबैको साथ र सहयोग गर्नुपर्ने समयमा निर्देशनविपरीत विद्याालय सञ्चालन गर्नु हुँदैन, तत्काल बन्द गरेर कोरोना भाइ।रस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग गर्नुपर्छ ।”

    अहिले काठमाडौं उपत्यका कोरोना भाइरस सङ्क्रमणको केन्द्र बन्दै गएको छ । उपत्यकामा दैनिक सात हजार सङ्क्रमित देखिन थालेका छन् । 

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - १०:१७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij