२०८२ भाद्र ३ गते मंगलवार
माघ लागेसँगै सूचिकृत कम्पनीहरूको दोश्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक भइरहेको छ । आज (माघ ७ गते, शुक्रबार) प्राय सबै वाणिज्य बैंकहरूले पनि चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेका छन् ।
लगानीकर्ताहरूले रूचाउने तथा ठूला वाणिज्य बैंक भनेर चिनिने ग्लोबल आइएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडले पनि आजै वित्तीय विवरण सार्वजनिक गरेका छन् । आज हामीले यी ३ वटा बैंकको वित्तीय विवरणलाई तुलनात्मक ढङ्गले हेर्ने प्रयास गरेका छौँ ।
खुद नाफाकाे आधारमा हेर्दा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंक लिमिटेडकाे खुद नाफा २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ, एनआईसी एशिया बैंक लिमिटेडकाे खुद नाफा २ अर्ब ४० करोड २० लाख ६६ हजार रुपैयाँ र नबिल बैंक लिमिटेडकाे खुद नाफा २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ रहेकाे छ । नाफाकाे हिसाबले हेर्दा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि रहेकाे छ ।
चुक्ता पूँजीकाे आधारमा तुलना गर्दा ग्लोबल आइएमई बैंक लिमिटेडकाे चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ, नबिल बैंक लिमिटेडकाे चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ र एनआईसी एशिया बैंक लिमिटेडकाे चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ रहेकाे छ । यसरी हेर्दा चुक्ता पूँजीमा पनि ग्लोबल आइएमई बैंक नै अब्बल रहेकाे छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडकाे वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपैयाँ, नबिल बैंक लिमिटेडकाे वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड ८ लाख ६० हजार रुपैयाँ र एनआईसी एशिया बैंक लिमिटेडकाे वितरणयोग्य मुनाफा ८५ करोड ९३ लाख ९० हजार रुपैयाँ रहेको छ। याे सूचकमा पनि ग्लोबल आइएमई बैंक नै बलियाे देखिएकाे छ ।
जगेडा काेषकाे आधारमा हेर्दा नबिल बैंक लिमिटेडकाे जगेडा काेषमा १५ अर्ब ५८ करोड ८६ लाख ११ हजार रुपैयाँ, एनआईसी एशिया बैंक लिमिटेडकाे जगेडा काेषमा ११ अर्ब ५५ करोड ८ लाख ८३ हजार रूपैयाँ र ग्लोबल आइएमई बैंक लिमिटेडकाे जगेडा काेषमा १० अर्ब ७० करोड १३ लाख ४४ हजार रुपैयाँ सञ्चित रहेकाे छ । याे तथ्याङ्कले ३ वटा बैंकमध्ये नबिल बैंककाे जगेडा काेष धेरै रहेकाे देखाउँछ ।
चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म ग्लोबल आइएमई बैंक लिमिटेडकाे सञ्चालन मुनाफा ३ अर्ब ६७ करोड ६९ लाख १४ हजार रूपैयाँ, नबिल बैंक लिमिटेडकाे सञ्चालन मुनाफा ३ अर्ब ११ करोड ५३ लाख ८९ हजार रूपैयाँ र एनआईसी एशिया बैंक लिमिटेडकाे सञ्चालन मुनाफा ३ अर्ब ४२ करोड ५ लाख ५५ हजार रूपैयाँ रहेकाे छ । याे सूचकमा पनि ग्लोबल आइएमई बैंक लिमिटेड नै अब्बल छ ।
एनआईसी एशिया बैंक लिमिटेडकाे खुद व्याज आम्दानी ५ अर्ब २४ करोड १६ लाख ७२ हजार रूपैयाँ, नबिल बैंक लिमिटेडकाे खुद व्याज आम्दानी ४ अर्ब २१ करोड ९६ लाख १८ हजार रूपैयाँ र ग्लोबल आइएमई बैंक लिमिटेडकाे खुद व्याज आम्दानी ४ अर्ब ७९ करोड ५२ लाख ३७ हजार रूपैयाँ रहेकाे छ । यस सूचकमा एनआईसी एशिया बैंक अन्य २ बैंकभन्दा बलियाे छ ।
एनआईसी एशिया बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) ४१ रुपैयाँ ५४ पैसा, ग्लोबल आइएमई बैंक लिमिटेडकाे प्रतिसेयर आम्दानी ( ईपीएस) २२ रुपैयाँ ३९ पैसा र नबिल बैंक लिमिटेडकाे प्रतिसेयर आम्दानी ( ईपीएस) २३ रुपैयाँ ५९ पैसा रहेकाे छ । ईपीएसमा पनि एनआईसी एशिया बैंक अगाडि छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडकाे प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा, नबिल बैंक लिमिटेडकाे प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा र एनआईसी एशिया बैंककाे प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा रहेकाे छ । एनआईसी एशिया बैंककाे नेटवर्थ अन्य २ बैंककाे भन्दा धेरै छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडकाे मूल्य आम्दानी अनुपात (पीइ रेसियाे) १५.५६ गुणा, नबिल बैंक लिमिटेडकाे मूल्य आम्दानी अनुपात (पीइ रेसियाे) ४७.०६ गुणा र एनआईसी एशिया बैंककाे मूल्य आम्दानी अनुपात (पीइ रेसियाे) २१.२५ गुणा रहेकाे छ ।
Particulars |
Nabil Bank |
Global IME Bank |
NIC Asia Bank |
Paid Up Capital |
18496187 |
23795753 |
11564005 |
Reserves |
15588611 |
10701344 |
1150883 |
Net Profit |
2181420 |
2663384 |
2402066 |
Operating Profit |
3115389 |
3676914 |
3420555 |
Distributable Profit |
1450860 |
1485648 |
859390 |
Net Interest Income |
4219618 |
4795237 |
5241672 |
Earnings Per Share(EPS) |
23.59 |
22.39 |
41.54 |
Net Worth Per Share |
184.28 |
144.79 |
199.89 |
PE Ratio |
47.06 |
14.56 |
21.25 |
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij