२०८२ मंसिर ६ गते शनिवार
राष्ट्रिय स्वास्थ्यकर्मी संघले स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्दै बढीभन्दा बढी सेवा लिन आफुहरुको १५ वटा माग पुरा गर्न सरकारसँग माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर संघले सचिव डा.रोशन पोखेरलसमक्ष ज्ञानपपत्र बुझाएको छ । संघले स्वास्थ्यकर्मीको तलवदेखि जोखिमभत्ता तथा स्वास्थ्यकर्मीहरुको नि:शुल्क उपचारको माग गरेको छ ।
संघको माग यसप्रकार छ :
१ सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरुमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक तुरुन्त उपलब्ध गराइयोस् । सो सुविधा उपलब्ध नगराउने संस्थाहरुलाई कारवबाहीको दायरामा ल्याइयोस ।
२.अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका सबै स्वास्थ्यकर्मीहरुका लागि उचित किसिमको आइसोलेसनको व्इवस्था गरियोस् ।
३. संक्रमित स्वाथ्यकर्मीहरुको निःशुल्क औषधि उपचारको व्यवस्था गरियोस ।
४.सम्पूर्ण स्वास्थ्यकर्मीहरु र अग्रस्थानमा साटिने कर्मचारीहरुको यथासिय बीमाको व्यवस्था गरियोस ।
५. नेपाल सरकारले कोभिड १९ महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता हाल सम्म पनि पुरा नदिएकाले तुरुन्त दिइने व्यवस्था गरियोस ।
६.स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीहरुलाई प्रयाप्त स्वास्थ्य सुरक्षा सामाग्रीहरुको व्यवस्था र निःशुल्क पिसिआर टेस्टको व्यवस्था गरियोस ।
७. खोप केन्द्रहरुमा देखिएको भिडभाड नियन्त्रण गर्ने काम स्वास्थ्यकर्मीको नभएकाले भिड नियन्त्रणको लागि प्रर्याप्त मात्रामा स्वयम सेवक सुरक्षाकर्मी परिचालन गरि भिड नियन्त्रण गर्ने कार्य अवलम्बन गरियोस ।
८. खोप वा स्वास्थ्य सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुमा हुने भिडभाड, तोडफोड र हातपात गर्नेहरुलाई तुरुन्तै कारबाही सँगै पीडित स्वास्थ्यकर्मी र संस्थालाई क्षतिपूर्तिको व्यवस्था गरियोस।
९.पौष मसान्त सम्म कुलजनसंख्याको दुई तिहाइलाई पूर्ण खोप र चैत्र मसान्त सम्म सबै नागरिकहरुलाई पर्ण खोप दिने भन्ने नेपाल सरकारको प्रतिबद्धता अनुरुप काम नभएकाले विशेष योजनासहित छिटो भन्दा छिटो खोप आम नागरिकलाई कोभिड विरुद्धको खोप लगाउने व्यवस्था गरियोस ।
१०. करारमा नियुक्ति भई निरन्तर काम गरिरहेका सम्पुर्ण स्वास्थ्यकर्मीहरुको म्याद थप गरियोस ।
११. जनस्वास्थ्यका मापदण्ड अपनाउने कार्यमा कडाईका साथ लागु गरियोस ।
१२.खोप सेवा र कोभिड १९ को महामारीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिमको व्यवस्था गरियोस ।
१३. अस्पतालहरु, सिमानाका हेल्थ डेस्कर स्वास्थ्य संस्थाहरुमा नियमित सेवा संचालन गर्न थप जनशक्तिको व्यवस्था गरियोस।
१४. संघ, प्रदेशबाट हुने कर्मचारी समायोजन, सरुवा, बढुवा, स्तरवृद्धि लगाएतका नियमित कार्यहरुमा हुने अन्यायपुर्ण र अपारदर्शि कार्य तत्काल बन्द गरियोस ।
१५. महामारी र नियमित स्वास्थ्य उपचारका लागी अति आवश्यक औषधी उपकरणहरुको प्रभाव र कालाबजारी तुरुन्त नियन्त्रण गरियोस ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij