Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

१७५ प्रतिशतले बढ्यो धितोपत्र बोर्डको आम्दानी, कुल सम्पत्ति कति ?

१७५ प्रतिशतले बढ्यो धितोपत्र बोर्डको आम्दानी, कुल सम्पत्ति कति ?


  • 4.2K
    Shares

    १७५ प्रतिशतले बढ्यो धितोपत्र बोर्डको आम्दानी, कुल सम्पत्ति कति ?
    images

    नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ७ करोड २९ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

    धितोपत्र बोर्डको आम्दानी अघिल्लो आव २०७६/७७ को तुलनामा १७५ प्रतिशतले बढेको हो । अघिल्लो आवमा बोर्डले ३८ करोड ९६ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

    गत आवमा बोर्डले धितोपत्र बजारबाट ९८ करोड ८५ लाख र अन्य आम्दानीबाट ८ करोड ४४ लाख रुपैयाँ गरी कुल १ अर्ब ७ करोड आम्दानी गरेको छ । अघिल्लो आव २०७६/७७ मा कम्पनीले धितोपत्र बजारबाट २८ करोड १७ लाख र अन्य आम्दानीबाट १० करोड ७९ लाख रुपैयाँ गरी कुल ३८ करोड ९६ लाख रूपैयाँ आम्दानी गरेको थियो ।

    गत आव २०७७/७८ मा बोर्डले २२ कम्पनीलाई १५ अर्ब १८ करोड ६४ लाख रुपैयाँ आईपीओ, ७ कम्पनीलाई १४ अर्ब ४ करोड ९७ लाख रुपैयाँ बराबरको हकप्रद, २३ कम्पनीलाई ६९ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र, ९ कम्पनीलाई ९ अर्ब ९० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोषको इकाई बिक्रीका लागि अनुमति दिएको थियो । 

    यसअघि अघिल्लो आव २०७६/७७ मा भने बोर्डले ९ कम्पनीलाई ३ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ आईपीओ, ११ कम्पनीलाई ४ अर्ब ४१ करोड २ लाख रुपैयाँ बराबरको हकप्रद, १२ कम्पनीलाई २३ अर्ब ४५ करोड रुपैयाँको ऋणपत्र, २ कम्पनीलाई १ अर्ब ८० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोषको इकाई बिक्रीका लागि अनुमति दिएको थियो ।

    आर्थिक वर्ष २०७७/७८ मा बोर्डको खुद नाफा ६८ करोड ७० लाख ३७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आव २०७६/७७ मा १६ करोड ६९ लाख ७० हजार रहेको बोर्डको नाफा ५२ करोड अर्थात ३११.४७ प्रतिशतले बढेको हो ।

    बोर्डको कुल सम्पत्ति २ अर्ब ६ करोड ४३ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १ अर्ब ३८ करोड ९ लाख ८९ हजार रहेकोमा एक वर्ष अवधिमा ६८ करोड ३३ लाखले बढेको छ ।

    पछिल्लो समय धितोपत्र बोर्डलाई बजारको विकास, लगानीकर्ताको हितभन्दा पनि कसरी कमिसन बढ्न सक्छ र आम्दानी बढाउन सकिन्छ भन्ने उद्देश्यले उसले काम गरेको आरोप लाग्ने गरेको छ ।

    आफूले नियमन गर्ने संस्थाबाट विभिन्न नियमन शुल्कबापत आर्थिक वर्ष २०७१/७२ मा १० करोड रुपैयाँ संकलन गरेको धितोपत्र बोर्डले ६ वर्ष अवधिमा दश गुणा बढी अर्थात १ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ । 

    बोर्डले लिने शुल्क र कमिसनका सूची हेर्ने हो भने लामै भेटिन्छ । धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरुको लागि सेयर जारी गर्न लिने शुल्कदेखि लिएर प्राथमिक बजार, दोस्रो बजार, सिडिएस, मर्चेन्ट बैंक, क्रेडिट रेटिङ गर्ने संस्थासँग नियमन शुल्क तथा लगानीकर्ताहरुसँग धितोपत्र खरिद बिक्री कारोबारको बखत लिने धितोपत्र बोर्ड कमिसन जस्ता शुल्क लिने गरेको छ ।

     

    प्रकाशित मिति :माघ ७ २०७८ शुक्रवार - १५:४८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij