Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कोसी अस्पतालका मेसुसहित ९४ स्वास्थ्यकर्मी संक्रमित

कोसी अस्पतालका मेसुसहित ९४ स्वास्थ्यकर्मी संक्रमित


  • 4.1K
    Shares

    कोसी अस्पतालका मेसुसहित ९४ स्वास्थ्यकर्मी संक्रमित
    images

    विराटनगर । कोरोना संक्रमणदर बढिरहँदा पुगिरहँदा शुक्रबार विराटनगरस्थित कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमनलाल दाससहित थप ११ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमित हुने अन्यमा प्रसुतीका एक चिकित्सक, सहयोगी स्वास्थ्यकर्मी र कर्मचारी छन् । 

    कोरोना संक्रमणको तेस्रो चरणको कहर सुरु भएदेखि यता ९४ स्वास्थ्यकर्मी संक्रमित भइसकेको अस्पतालले जनाएको छ ।

    अस्पतालका अनुसार संक्रमित हुनेमा १५ चिकित्सक, ३२ नर्स, ९ पारामेडिक्स, ७ प्रशासनिक कर्मचारी, ६ ल्याब टेक्निसियन लगायत प्रयोगशालाकर्मी र २५ कार्यालय सहयोगी छन् ।

    यीमध्ये ३ चिकित्सकसहित १० जना निको भएर काममा फर्किएको अस्पतालले जनाएको छ । ‘ज्वरो आएपछि एन्टिजेन परीक्षण गराउँदा पोजिटिभ देखियो, घाँटी अठ्याएकाले बोल्न कठिन भइरहेको छ, आराम गर्दैछु,’ मेसु दासले भने, ‘अहिलेसम्म अस्पतालले नियमित सेवा भने दिइरहेको छ ।’

    प्रकाशित मिति :माघ ७ २०७८ शुक्रवार - १५:४६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij