Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ग्लोबल आइएमई बैंकले ६ महिनामै कमायो २ अर्ब ६६ करोड मूनाफा

ग्लोबल आइएमई बैंकले ६ महिनामै कमायो २ अर्ब ६६ करोड मूनाफा


  • 4.9K
    Shares

    ग्लोबल आइएमई बैंकले ६ महिनामै कमायो २ अर्ब ६६ करोड मूनाफा

    काठमाडौं । ग्लोबल आइएमई चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा २ अर्ब ६६ करोड रुपैयाँ भन्दा धेरै मूनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार ६ महिनाको अवधिमा २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

    गत आर्थिक वर्षको ६ दोस्रो त्रैमासको तुलनामा यो मूनाफा १५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको ६ महिनामा बैंकले २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँमात्रै मूनाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानीमा पनि वृद्धि देखिएको छ ।

    प्रतिशेयर आम्दानी २१.४० रुपैयाँबाट २२.३९ रुपैयाँ पुगेको छ । वितरण योग्य मूनाफा बढ्दा प्रतिशेयर आम्दानीमा यसको सकारात्मक असर देखिएको हो । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी एक अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।

    ६ महिनाको अवधिमा बैंकको २ खर्ब ७१ अर्ब ९० करोड १६ लाख रुपैयाँ निक्षेप संकलन तथा २ खर्ब ५६ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात घटेर १.१३ कायम भएको छ ।

     

    प्रकाशित मिति :माघ ७ २०७८ शुक्रवार - १३:०३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij