Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

ट्रकसँग मोटरसाइकल ठोक्किँदा विस्फोट: १७ जनाको मृत्यु

ट्रकसँग मोटरसाइकल ठोक्किँदा विस्फोट: १७ जनाको मृत्यु


  • 3.0K
    Shares

    ट्रकसँग मोटरसाइकल ठोक्किँदा विस्फोट:  १७ जनाको मृत्यु
    images

    काठमाडौँ। घानाको पश्चिमी क्षेत्रमा रहेको बोगोसो र बादीको बीचमा विस्फोटक पदार्थ बोकेको ट्रक मोटरसाइकलसँग ठोक्किँदा भएको विस्फोटमा परी १७ जनाको मृत्यु भएको छ । 

    चिरानो सुन खानीतर्फ जाँदै गरेको ट्रकसँग मोटरसाइकल विस्फोट भएको हो । घानाका राष्ट्रपति नाना अड्ओ डन्क्वा आकुफो अड्डोले यो घटनालाई ‘अत्यन्तै दुःखद घटना’को संज्ञा दिएका छन् ।

    विस्फोटमा परी ५९ जना घाइते भएका छन् । त्यहाँको प्रहरीले विस्फोटको बारेमा प्रारम्भिक अनुसन्धान सुरु भइसकेको जनाएको छ ।

    ‘विस्फोट भएको क्षेत्र वरिपरि रहेका स्थानीयलाई उक्त क्षेत्रबाट अन्यत्र जानका लागि आग्रह गरिसकिएको छ‚’ प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले उल्लेख गरेको छ ।

    विस्फोटमा परी ५ सय भवनहरू ध्वस्त भएको राष्ट्रिय प्रकोप व्यवस्थापन संगठन (एनएडीएमओ)का उपमहानिर्देशक सेजी साजी अमेडोनुले बताएका छन् ।

    प्रकाशित मिति :माघ ७ २०७८ शुक्रवार - ११:३३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij