Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

फड्काे मार्दै एनआईसी एशिया, यस्ताे आयाे वित्तीय विवरण

फड्काे मार्दै एनआईसी एशिया, यस्ताे आयाे वित्तीय विवरण


  • 4.7K
    Shares

    फड्काे मार्दै एनआईसी एशिया, यस्ताे आयाे वित्तीय विवरण

    एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

    एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना अर्थात् दोस्रो त्रैमाससम्ममा २ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिकसोहीअवधिको तुलनामा १६.५७ प्रतिशतको वृद्धि हो ।

    समीक्षा अवधिमा बैंकले कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पुर्‍याउन सफल भएको छ । निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पुर्‍याउन बैंक सफल भएको छ । 

    यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । 

    बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) ४१ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा रहेकाे छ ।

    कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रैमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

    बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ५ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रकाशित मिति :माघ ७ २०७८ शुक्रवार - ११:३३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij